२९ आश्विन २०८३, बिहिबार

महिलालाई खाडी देश खुला गर्ने निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Baideshik-Rojgari-Manpower

काठमाडौं, २३ असार । सुरक्षा कारण देखाउँदै खाडी मुलुकमा महिला कामदार पठाउन रोक लगाएको सरकारले त्यससम्बन्धि अध्ययन समितिले प्रतिवेदनमा छलफल नै नगरी एकाएक खुला गर्ने निर्णय गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले महिला कामदारका निम्ति खाडप् मुलुक खोल्ने प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई शुक्रबार पत्र पठाएको नागरिक दैनिकमा समाचार छ । पहिलो चरणमा घरेलु कामदारको भिसा आइसकेका महिलालाई अनुमति दिने र विस्तारै अन्य प्रक्रिया खुला गर्ने निर्णय भएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताए ।

घरेलु कामदारका रुपमा खाडी पुगेका महिलाले संझौताअनुसार तलव नपाएको, शारीरिक तथा मानसिक याताना भोग्नुपरेको लगायत कारण देखाउँदै श्रम मन्त्रालयले गत वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृतिमा जान बन्द गरेको थियो ।