मलेसीया । रोजगारीका सिलसिलामा अवौधानीक रुपमा मलेसियाको सुवाङ्ग जयामा कार्यरत सुनसरीका एक नेपालीको सुतेकोे सुतै अवस्थामा मृत्यु भएको छ ।
सुवाङ्ग जयाको एक सेक्युरेटी कम्पनीमा कार्यरत तरहरा सुनसरीका दुर्गाधन वनको जुन २७ मा मृत्यु भएको उनका साथीले वताएका छन् । उनका साथीका अनुसार उनी २७ तारिक साझ सकुसल सुते पनि विहान ओच्छायानमा मृत फेला परेका थिए ।
२ बर्ष पहिला गुडयुल म्यानपावर बसुन्धाराबाट मलेसियाको पेनाङ्गमा रहेको टाइसन इलोक्ट्रोनिक्स स्वमिल्स एडिन.विएचडि. कम्पनीमा मजदुरका रुपमा मलेसिया आएका पहिला आएको कम्पनीको सेवा सुविधा राम्रो नभएको भन्दै अवौधानिक रुपमा काम गर्दै आएका थिए ।
उनको शवलाई सुवाङ्गजायाको अस्पतालमा पोष्टमार्टम गरी यही जुलाई २ तारिखका दिन नेपाल पठाइएको छ । शवलाई नेपाल पठाउदा प्रकाश गिरी, विनोद गिरी, गणेश गिरीले सहयोग गरेका थिए भने शव नेपाल पठाउदा लागेको सम्पुर्ण खर्च सेकुरेटी कम्पनीका मालिकले दिएको छन् । बनको परिवारमा बाआमा, श्रीमती, एक छोरा, एक छोरी र दाजुभाइ रहेका छन् ।














प्रतिक्रिया