२९ आश्विन २०८३, बिहिबार

जाजरकोका चार नेपालीको भारतमा पुरिएर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot-hospital

जाजरकोट, २२ असार । भारतको हिमाञ्चल प्रदेशअन्तर्गत किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।

विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ–३ चिउरीका २२ वर्षीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा असार १९ गने मृत अवस्थामा फेला परेका थिए भने शनिबार थप दुईजनाको शव फेला परेको हो । १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव शनिबार फेला परेको हो ।

पावरहाउसको जग पुर्ने क्रममा माथि सडक भत्किएपछि एक्कासि आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताउनुभयो ।

मृतकहरु एउटै गाउँका दाजुभाइ हुन् र उनीहरु भारतको आस्था कम्पनीमार्फत गत जेठको पहिलो सातादेखि विद्युत् पावरहाउसमा मजदुरी गर्दै आएका थिए ।