२९ आश्विन २०८३, बिहिबार

अनुदानको रकम कांग्रेस, एमाले र माओवादीलाई चन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chanda-1गोरखा, २२ असार । गाविसको विकासका लागि राज्यले दिएको अनुदान रकम गोरखाका गाविस सचिवले राजनीतिक पार्टीलाई चन्दा दिएका छन् ।

जिल्लामा रहेका ६६ गाविस कार्यालयबाट १३ लाख २० हजार एकमुष्ट रकम जिल्लास्थित चार राजनीतिक दललाई दिएका हुन् । यसरी चन्दा पाउनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादी रहेका छन् ।

चन्दा नदिए धम्की आउने गरेका कारण प्रत्येक पार्टीलाई पाँच हजारका दरले दिएको नाम नखुलाउने सर्तमा एक गाविस सचिवले बताए । ‘बैंकमा जम्मा हुने गरी चेक दिएका छौँ, सिधै व्यक्तिले साट्न सक्तैन, त्यसो हुँदा पार्टीलाई दिए पनि उनीहरूले सदुपयोग गर्ने गरेका छन्’ एक सचिवले भने ।

पार्टीको अन्य आम्दानी नभएका कारण चन्दाबाटै पार्टी चलाउनु परेकाले गाविसले दिएको रकम आफूहरुले लिएको राजनीतिक पार्टीका नेताहरूले बताएका छन् ।