२९ आश्विन २०८३, बिहिबार

प्रशासनकै आँखाअघि लाखौंको अनियमितता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puwa Kholaइलाम, २२ असार । इलाम नगरपालिका—४ स्थित भञ्यामा रहेको पुवाखोला जलविद्युत् केन्द्रका हाकिमको नेतृत्वमा मासिक ४१ हजारको दरले वार्षिक ४ लाख ९२ हजारभन्दा बढीको अनियमितता भएको छ।

जिल्ला प्रशासन कार्यालय इलामभन्दा सात किलोमिटरको दूरीमा रहेको जलविद्युत् केन्द्रमा पाइलैपिच्छे अनियमितता हदा पनि प्रमुख जिल्ला अधिकारी भने बेखबर छन्।केन्द्रको सुरक्षाका लागि चाहिने जनशक्ति छनोटदेखि नै शुरु भएको अनियमितता सरकारी वन द्म डानीसम्म फैल दा पनि प्रमुख जिल्ला अधिकारीदेखि वन हाकिमसम्म नदेखे जसरी बसिरहेका छन्।

२०६८ भदौ महिनामा पुवाखोला जलविद्युत् केन्द्रका प्रमुख भएर आएका थिए। उनले सोही महिना भदौ ८ गते पूर्वसुरक्षाकर्मीका लागि सूचना गरेका थिए। सूचनामा भूपू सैनिक या पूर्वप्रहरी चाहिने भनेर ठेक्का सम्झौताअनुसार मापदण्डका सुरक्षाकर्मी मागिएको थियो। तर उनले न मागअनुसारका सुरक्षा गार्ड राखे न त तोकिएको तलब नै दिएका छन्। २० जना राख्नुपर्नेमा जम्मा १६ जना मात्रै राखिएको छ।

मदजुरह को तलबमान सरकारको राजपत्रमा उल्लेखित ८ हजार २ सय तोकिएकोमा हाल उनीह लाई ५ हजार ५ सय रुपिया मा मात्र दिएको उल्लेख छ। बा की रकम हाकिमको गोजीमा जाने गरेको छ। यता विद्युत् केन्द्रका केन्द्र प्रमुख रमकान्त देव भने यो कुरा स्वीकार गर्दैनन्। उनी भन्छन्— कानुनअनुसार हामीले काम गर्ने हो सरकारको जागिर खाएपछि सही ढले हामीले चल्नुपर्छ भनेका छौं। यस्तै उनले आ नो कम्पाउन्डभित्र भएको ख वनस ग स्वीकृति लिएर काटेको बताए।

एक वर्षका लागि खुलेको टेन्डर गत २०७० भदौ ८ गते फिस्टेल सेक्रेटरी सर्भिसका सञ्चालक महेश कार्कीको नाममा ठेक्का स्वीकृत भएको थियो। एकवर्षे कार्यालयका लागि स्वीकृत भएको ठेक्कामा २० जना कर्मचारी राखेर तोकिएको तलब सरकारी नियमअनुसार ८ हजार २ सय रुपिया हुनुपर्नेमा ६ हजार ४ सय ठेक्का लगाएको र तलब बुझाइने विना भर्पाइमा सही ५ हजार ५ सय मात्र दिने गरेको रहस्य खुलेको छ। नेपाल समाचार पत्र दैनिकबाट