२९ आश्विन २०८३, बिहिबार

नेतृत्व चयनमा थप संकट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml 1काठमाडौं, २२ असार । एमाले महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने कि नगर्ने भन्‍नेबारे दुई पक्षबीच विवाद बढेपछि नेतृत्व चयनमा अन्योल देखिएको छ।

अध्यक्षका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीबीच शनिबार होटेल सोल्टीमा मेसिन प्रयोग र पाँच प्रतिशत मनोनयन गर्ने विषयमा छलफल भए पनि सहमति भएन।

नेपालनिकट नेता रघुजी पन्तले विशेषज्ञले भोटिङ मेसिनमा त्रुटि देखाएका कारण त्यसबाट चुनाउ गर्दा प्रविधिको दुरुपयोग हुनसक्ने आशंका व्यक्त गरे।

‘इलेक्ट्रोनिक भोटिङ मेसिनबारे हामी विश्‍वस्त छैनौं, मेसिनका कमजोरीबारे विज्ञहरूले स्थायी समितिका नेतासामु प्रश्‍न गर्दा जबाफ आएन’, पन्तले भने, ‘मेसिनको निष्पक्षताबारे देशको निर्वाचन आयोगले पनि प्रमाणित गर्न अस्वीकार गस्यो। नेतृत्व चयनको निर्वाचन मतपत्र छापेर गर्नुपर्छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट