२९ आश्विन २०८३, बिहिबार

हरियो तरकारीमा विषैविष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkari Ma Bisadiकाठमाडौं, २२ असार । छिमेकी भारत र स्वदेशकै विभिन्न जिल्लाबाट दिनहुँ राजधानी भित्रिने हरियो तरकारीमा अत्यधिक विषादी पाइने गरेको गुनासो सुनिन थालेको वर्षौं भयो।

राजधानीमा बिक्री हुने तरकारीमा कति छ त विषादी ? ती खानयोग्य छन् कि छैनन्र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा १७ दिनअघि तरकारीको विष नाप्ने मेसिनै राखेर यसको परीक्षण सुरु गरियो। बाली संरक्षण निर्देशनालयका प्राविधिकको परीक्षणमा देखियो, अधिकांश तरकारी खानै नहुने गरी विषाक्त छन् तर जानीजानी त्यस्ता तरकारी बजारमा बिक्रीवितरण भइरहेको छ।

किसानबाट ठेकेदाररबिचौलिया हुँदै बजार आइसकेको तरकारी फिर्ता पठाउने वा नष्ट गर्ने अधिकार सरकारसँग छैन। किनकि, अहिलेसम्म यससम्बन्धी न कुनै कानुन छ, न त्यसले निर्धारण गरेको कार्यविधि वा निर्देशिका। त्यसैले परीक्षणमा अति विषादी भेटिएका तरकारी पनि खुलमखुला बिक्री भएर उपभोक्ताका भान्सामा पाकिरहेको छ।

निर्देशनालयका अनुसार असार ४ यता कालीमाटीमा दिनहुँ विषादी परीक्षण भइरहेको छ। त्यसका लागि समितिकै कार्यालय भवनमा ‘स्पेट्रोफोटोमिटरु मेसिनसहित निर्देशनालयका तीन प्राविधिक खटिएका छन्। ‘बिहान ६ देखि ११ बजेसम्म थाइल्यान्डबाट तालिमप्राप्त निर्देशनालयका प्राविधिकबाट परीक्षण भइरहेको छ,’ निर्देशनालयका एक उच्च अधिकारीले जानकारी दिए, ‘तरकारी विषाक्त पाइए पनि बिक्री भने रोक्न सकिएको छैन।’ नागरिक दैनिकबाट