काठमाडौँ, २१ असार । नेकपा एमालेको भृकुटीमण्डपमा जारी नवौं महाधिवेशनको बन्दसत्र हलमा संगठन विभाग प्रमुख युवराज ज्ञवालीले विधान संशोधन प्रस्ताव पेश गर्नु भएको छ ।
उहाँले पेश गर्नुभएको प्रस्तावमा नेकपा एमालेको पदाधिकारी संख्या १४ वनाउनु पर्ने उल्लेख गरिएको छ । विधान संशोधन प्रस्तावमा उहाँले पदाधिकारीमा अध्यक्ष सहित ५ उपाध्यक्ष, १ महासचिव २ उपमहासचिव र ५ सचिवको धारणा ल्याउनु भएको छ ।
पुरानो विधानमा तीन उपाध्यक्ष र तीन महासचिवको व्यवस्था थियो । दुई उपमहासचिवको प्रस्ताव पनि नयाँ हो । एमालेले यस अघि नै विधान संशोधन गरी पदाधिकारी संख्या थप गर्ने प्रस्ताव ल्याएको थियो । आधिकारिक रुपमा हलमा भने शनिवार प्रस्तुत भएको हो ।
यस विषयको छलफल भने आइतवार मात्र हुने छ । त्यसैगरी एमालेले दोहोरो सदस्यता प्रणाली खारेज गरी एकैखाले सदस्य रहने प्रावधान पनि वन्दशत्र हलमा प्रस्ताव राखेको छ ।
फौजदारी अभियोग लागेका व्यक्तिलाई सदस्यता नदिने जस्ता प्रावधान पनि एमालेले अघि सारेको छ ।
















प्रतिक्रिया