२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशन: नेपाल र ओली पक्षको चुनाव जित्ने आ–आफ्नै दाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oli

काठमाडौं, असार २१ । नेकपा एमालेको महाधिवेशनले नेतृत्व चयन गर्न करिव करिव केही दिनमात्रै बाँकी रहँदा युवा नेताहरुले भने आ–आफ्नै पक्षका नेताहरु विजयी हुने दावी गरेका छन् । यो दावी सँगै यतिवेला एमालेमा युवा पंक्तिमा तीव्र ध्रुवीकरण बढ्दै गएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेताहरुले आ–आफ्नै पक्षका नेताले विजय हासिल गर्ने दावी गरेका छन् । कार्यक्रममा बोल्दै माधव समूहका सचिवका उमेद्धवार पशुराम मेघी गुरुङ्ले नेपालमा अव राजनीतिक अधिकार प्राप्तीको लडाई समाप्त भएको भन्दै मुलुकलाई समाजवादको बाटोमा डो¥याउन पनि नयाँ नेतृत्वको आवाश्यकता रहेको र त्यसको नेतृत्व माधव नेपालले गर्न सक्ने बताए ।

उनले भने– ‘माधव नेपाल भनेको अग्रगामी नेतृत्वकर्ता हो । प्रतिनिधिहरु सवल, सक्षम र विवेकशील छन्, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्दै माधव नेपाललाई अध्यक्ष बनाउनुहुन्छ । यसमा दुईमत छैन् । महाधिवेशन हलभित्रको माहोलले पनि त्यो बताउँछ ।’

अर्का ओली समूहका नेता कैलाश ढुंगेलले नेकपा एमालेमा कस्तो नेता भन्दा पनि कस्तो विचार बोकेको नेतृत्व भन्ने कुरा महत्वपूर्ण भएको भन्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन पनि केपी शर्मा ओलीको विकल्प नभएको बताए । उनले भने– ‘झापा विद्रोह देखि अहिलेसम्म पार्टीलाई सवल र सक्रिय बनाउन पनि ओली कमरेडको विकल्प छैन् ।’

ढुंगलले अर्का नेता माधव नेपालले पार्टीमा लामो समयसम्म नेतृत्व गरिसकेको र असफलसिद्ध प्रायः भएको भन्दै अब अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने– ‘माधव नेपाल जस्ता नेताहरुले फेरि पनि नेतृत्वमा दावी गर्ने हो भने हामीजस्ता नेताहरुको राजनीतिक रिटायर्ड चाहीँ जिल्ला कमिटिमै हुने पक्का छ । जनाताको बहुदलीय जनवादको निरन्तर विकास र संरक्षण गर्ने नेता ओली भएको कारण अव उहाँको विकल्प छैन् । महाधिवेशन हलभित्रको माहोलले पनि केपी ओलीको पल्ला भारी भएको ढुंगेलले दावी गरेका छन् ।’

कार्यक्रममा माधव नेपाल पक्षका नेता ठाकुर गैरेले एमालेमा यतिवेला कसलाई नेता बनाउने भन्दा पनि कस्तो नेतृत्व चाहिएको छ भन्ने कुरा महत्वपूर्ण हुने भन्दै पार्टीलाई युगसापेक्ष बनाउन सक्ने नेता माधव नेपाल भएकोले उहाँको विकल्प नभएको बताए । उनले भने– ‘देशभरि नै अहिले माधव नेपालको पक्षमा लहर छ । कार्यकर्ताहरुले माधव नेपालको नेतृत्वबाट पार्टी एकताबद्ध हुने विश्वास लिएका छन् र देशको समृद्धिका लागि पनि नवौं महाधिवेशनले उहाँलाई अध्यक्ष बनाउने पक्का छ ।’

अर्का युवा नेता गोकुल बाँस्कोटाले नवौ महाधिवेशन नेतृत्व हस्तान्तरणको पक्षमा भएको दावी गर्दै यो महाधिवेशन मुलुकमा नयाँ दृष्टान्त बन्ने बताए । उनले अध्यक्षका प्रत्यासी नेता नेपाललाई एमालेले अव दिन केही पनि बाँकी नभएको बताउँदै अव उहाँ अध्यक्ष बन्न नसक्ने बताए । उनले भने– ‘यहाँ पुस्ता हस्तान्तरणको कुरा गरेर फेरि पनि नेतृत्व पुनरावृत्ति गर्न खोजिँदै छ । यसबारेमा प्रतिनिधिहरुलाई राम्रो हेक्का छ, उहाँहरुले पनि सोही अनुरुप आफ्नो मत जाहेर गर्नुहुन्छ । झापा आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिन उद्गम विन्दु भएको भन्दै त्यसको नायक ओली भएकोले पनि अब उहाँको विकल्प छैन् ।’ बाँस्कोटाले नवौ महाधिवेशनमा ओली ६३ प्रतिशत मतले जित्ने ठोकुवा पनि गरे ।

माधव नेपाल पक्षका अर्का युवा नेता जीवन घिमिरेले नेकपा एमालेको निर्माताकर्ता पनि नेता नेपाल भएको भन्दै नवौ महाधिवेशनमा उहाँको विजयी भैसेकको र घोषणा हुन मात्र बाँकी रहेको दाबी गरे । उनले ओली पक्षीय नेताहरुले माधव नेपाल र झलनाथ खनाललाई दुईभन्दा बढी कार्यकाल नेतृत्वमा बसेको भन्ने आरोप लाउने बामदेव गौतम र विद्या भण्डारीलाई किन लागु नहुने भनेर बुझ्न विधान पल्टाएर हेर्न सुझाव दिए । उनले थपे– ‘बामदेव गौतमले किन भीम रावललाई उपाध्यक्ष नदिने ?’

उनले नेकपा एमालेको नवौ महाधिवेशन पश्चात साना कम्युनिष्ट पार्टीहरु एमालेमै विलय हुने पनि विश्वास व्यक्त गरे ।

त्यस्तै ओली पक्षका अर्का नेता विनोद ढकालले नेकपा एमालेको भविष्य सुनिश्चित गर्न र पार्टीलाई समयसापेक्ष चलाउनको लागि पनि अ‍ोलीको विकल्प नभएको दावी गर्दै विगतका इतिहासले ओलीलाई नै पार्टीको प्रमुख नेताको रुपमा उभ्याएकोले नवौं महाधिवेशनमा उहाँको विजय सुनिश्चित भएको ठोकुवा गरे । उनले नेकपा एमालेको पाँचौ र छैठौं महाधिवेशनमा कार्यनितिक प्रस्ताव लागु गर्ने नेता पनि ओली भएको बताउँदै अवको नेतृत्व ओलीले नै गर्नुपर्ने बताए ।

ढकालले भने– ‘अव कुनै पनि हालतमा नेतृत्व पुनरावृत्ति भन्ने कुरा पार्टीमा लागु हुन सक्तैन् । पार्टीको साँगाठनिक लोकतान्त्रि पद्धतीलाई जिवन्त तुल्याउन पनि अव नितिको निरन्तरता र सांगठनिक निमार्णकर्ता केपी ओलीको विकल्प छैन् । उहाँलाई अध्यक्ष बनाउन कसैको तागतले रोक्दैन् । ढकालले निवर्तमान अध्यक्ष खनाल र नेपाललाई विधानले नै पार्टीको अध्यक्ष बन्न नदिने बताउँदै पार्टी अदालती बहसले भन्दा पनि विधानले चल्ने चेतावनी दिए ।’

नेपाल पक्षीय महिला नेतृ रामकुमारी झाँक्रीले नवौं महाधिवेशन व्यक्ति छनौट नभएर विचार छनौट भएको दावी गर्दै पार्टीलाई गति दिन सक्ने नेताको आवाश्यकत्ता रहेको भन्दै त्यसको नेतृत्व माधव नेपालले मात्रै गर्न सक्ने ठोकुवा गरिन् । उनले भनिन्– ‘संक्रमणकालिन राजनीति हल गर्न सक्ने नेता पनि नेपाल नै भएकोले अवको उहाँको विकल्प छैन् । चाहे चुनाव होस् या सर्वसम्मती अबको अध्यक्ष भनेको माधव नेपाल नै हो । यसमा कुनै द्धिविधा छ्रन् ।’

झाँक्रीले मुलुकमा व्यापारी पुँजीवाद हावी भएका भन्दै यस्ता खाले दलाली पुँजीवादले रोजगारी दिन नसक्ने भएकाले राष्ट्रिय पुँजी निर्माण गर्दै आन्तरिक रोजगारी सृजना गर्न पनि गतिशिल नेता माधव नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै अबको नेतृत्व उहाँले मात्र गर्न सक्ने बताइन् ।

उनले भनिन्– ‘मदन भण्डारीले भनेझैं कम्युनिष्ट पार्टीको नेता देवीको मुर्ति झै गुप्तबास बस्ने भन्दा पनि जनतासंग स्वयम साक्षात्कार गर्न सक्ने हुनुपर्छ, हो त्यस्तो जनतासंग प्रत्यक्ष साक्षात्कार गर्न सक्ने नेता माधव नेपाल हो, केपी ओली होइन् ।’

ओली पक्षीय युवा नेता शेरधन राईले मुलुकलाई सही दिशाबोधमा हिडाउन सक्ने नेता आली नै भएको कारण नवौं महाधिवेशनबाट ओली अध्यक्ष बन्ने सुनिश्चित भएको दावी गरे । विचार, नेतृत्व र संगठनका हिसावले केपी ओली अहिलेको राष्ट्रिय राजनीतिको आवाश्यकत्ता भएको हुनाले उहाँलाई अध्यक्ष बन्न कसैले नरोक्ने बताए ।

ओली पक्षीय महिला नेतृ जुली कुमारी महतोले नवौ महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै पार्टीमा जसरी वैचारिक बहस सजिलै टुगिँयो त्यसरी नै नेतृत्व पनि टुगिँनुपर्ने बताउँदै एमालेमा सवै नेताहरु उत्तिकै योग्य र सक्षम रहेको बताइन् ।

त्यस्तै आली पक्षीय नेता खिमलाल भट्टराईले नीति र विचारलाई मात्रे नभएर नेतृत्वलाई पनि समय सापेक्ष अपडेट गर्न नेतृत्व परिवर्तनको आवाश्यकता रहेको बताउँदै एमाले पार्टीलाई हाँक्न सक्ने नेता केपी शर्मा ओली मात्रै भएकोले उहाँको विकल्प नभएको बताए ।