२९ आश्विन २०८३, बिहिबार

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी गैर कम्युनिष्टः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath_khanalकाठमाडौँ, २१ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनको बन्दशत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई गैर कम्युनिष्ट जातीयतावादी दल भउको आरोप लगाइएको छ ।

जनमुक्ति, संघीय लिम्बुवान, थरुहट, खस राष्ट्रिय एकता जसता पार्टीको पनि प्रतिवेदनमा आलोचना गरिएको छ । खनालको प्रतिवेदनमा राई नेतृत्वको संघीय समाजवादी पार्टी गलत र हानिकारक भएको समेत उल्लेख गरिएको छ ।

आदिवासी जनजातिका नाममा खुलेका गलत र हानिकार विचारको खण्डन आलोचना पनि उहाँले प्रतिवेशनमा गर्नुभएको छ । उहाँले समाजलाई अतिवादको प्रभावबाट मुक्त राख्न त्यस्ता विचारको खण्डन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

त्यसैगरी उहाँले प्रतिवेदनमा मधेसकेन्द्रित दलहरुको पनि तिव्र आलोचना गर्नुभएको छ । मधेसमा सामाजिक सदभाव खल्बल्याउँन ती दलले सहयोग गरेको उहाँको धारणा छ ।
‘मधेसी पहिचानको नारामा आधारित भएर फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा र सदभावनाजस्ता दलहरु क्रियाशील पनि यथास्थितिवादका सम्वाहक बनेको उहाँको ठम्याई छ ।

उहाँले प्रतिवेदनमा सीपी मैनालीले नेतृत्वको नेकपा मालेसँग एकता गर्ने प्रस्ताव पनि अघि सार्नु भएको छ । प्रतिवेदनमा एमाओवादीलाई संविधानसभाबाट बाहिर जान नदिने र वैद्य माओवादीलाई उग्रवामपन्थी अराजक बाटोमा जानबाट रोक्ने निरन्तर प्रयत्न गर्ने कुरा पनि उल्लेख गरिएको छ ।