२९ आश्विन २०८३, बिहिबार

नेवि संघको अधिवेशन तोकिएकै मितिमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-1

काठमाडौं, २१ असार । पटक–पटक मिति तोकेर पनि रोकिदैँ आएको नेपाल विद्यार्थी संघको अधिवेशन तोकिएकै समयमा गर्न नेपाली कांग्रेस निर्देशन दिएको छ ।नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको भातृ संगठन हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको कांग्रेस पदाधिकारीको बैठकले समयमै अधिवेशन गराउन संघलाई निर्देशन दिएको हो । संघले पछिल्लो पटक भाद्र २९, ३० र ३१ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।

सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीहरुको समेत सहभागिता रहेको बैठकमा नयाँ आर्थिक वर्षको बजेट, समसामयिक राजनीतिक परिस्थिति, संविधान निमार्णलगायतका विषयमा पनि छलफल भएको थियो ।