२९ आश्विन २०८३, बिहिबार

कुवेत लैजान लागिएका चार युवतीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-bechbikhan-cheli-paisa

धनगढी, २१ असार । कुवेतमा नोकरी लगाइदिने प्रलोभनमा पारी ललाइफकाइ अवैधरुपमा भारततर्फ लग्दै गरिएकी चार युवतीलाई कैलालीको वन वेहडाबाट शुक्रबार उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृह कैलालीले युवतीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकी युवतीमा भोजपुर जिल्ला जरायोटार गाविसका तीन र मकवानपुर सहरीखेत गाविसका एक युवती रहेको शान्ति पुनःस्थापना गृह कैलाली कार्यक्रम संयोजक बासुदेव भट्टराईले बताउनुभयो ।

कास्की सिद्ध गाविसकी दुर्गादेवी मल्लले ललाइफकाइ उनीहरुलाई पश्चिमी सीमा नाका गड्डा चौकीको बाटोहँुदै भारततर्फ लैजान लागेको विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक अनिल शाहीको सक्रियतामा चार युवतीको उद्धार गरिएको हो ।

बुटवलबाट महेन्द्रनगरका लागि छुटेको बसमा लैजाँदै गरिएको अवस्थामा उद्धार गरिएका उनीहरुलाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ । उनीहरुलाई कुवेतमा लैजाने योजना बनाएको गिरोह भने खुल्न नसकेको जनाइएको छ ।