बाँके, २१ असार । चालीस दिन लामो उपचारपछि नयाँ जीवन पाएर माइती घर फर्किएकी रिहाना शेष ढपालीलाई भेट्न र हेर्न आउनेको घुइँचो नै लाग्न थालेको छ ।
मृत्युको मुखबाट जिन्दगी खोसेर फर्किएकी गाउँकी चेलीलाई भेट्न र हेर्न आउने दिनदिनै बढ्दै गएको हो । उनलाई हेर्न आउनेमा गाउँका छरछिमेकी मात्र नभई टाढाटाढाका आफन्तसमेत छन् ।
रिहानालाई हेरेर सवैका आँखा रसाउने गर्छन् । यो क्रम हिरमिनिया–८ अहिरपुर्वास्थित उनको माइती घरमा निरन्तर चलिरहेको छ ।
चालीस दिन काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराएर दुई साताका लागि रिहाना बिहीबार मात्र घर फकिर्एकी हुन् । खुट्टाको शल्यक्रिया बाँकी रहेकाले उनी फेरि दुईसातापछि पुनः काठमाडौँ जानेछिन् ।
मोटरसाइकल दाइजो नल्याएको निहुँमा गत चैत ३ गते पति फरिद शेष र सासूससुराले उनलाई लक्ष्मणपुर–८ गङ्गापुरस्थित घरमा मट्टितेल छर्किएर आगो लगाएका थिए ।















प्रतिक्रिया