२९ आश्विन २०८३, बिहिबार

जाजरकोटका दुई सय १४ विद्यालय भवन मर्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-support-Nepali-aakash1जाजरकोट, २१ असार । जिल्ला शिक्षा कार्यालय जाजरकोटको भौतिक सुविधा निर्माण तथा विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत २ सय १४ वटा विद्यालय भवण निर्माण गरिएका छन् ।

जिल्लाका विभिन्न गाउँ विकास समितिमा रहेका विद्यालय भवनको आवश्यकता मागको आधारमा यी विद्यालय भवनहरु निर्माण गरिएको जिल्ला शिक्षा कार्यालय जाजरकोटका विद्यालय निरीक्षक यज्ञश्वर खत्रीले बताए ।

चारकोठे भवन १० वटाका लागि एक करोड २० लाख, छ वटा विद्यालयमा विशेष मर्मत ३० लाखमा सम्पन्न गरिएको छ । ३६ वटा विद्यालयमा दुई करोड ९६ लाख, २९ वटा छात्रा शौचालय ७२ लाख ५० हजार त्यसैगरी ४४ वटा विद्यालयको बाह्य वातावरण निर्माण एक करोड १० लाखमा र ८८ वटा विद्यालयमा ८८ लाखमा विद्यालय भवन मर्मत गरिएको खत्रीले बताए ।

यी विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि जिल्लाको ६० प्रतिशत विद्यालय भवनको समस्या समाधान भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।

जिल्लाका अधिकांश ठाउँमा विद्यार्थी अनुपातमा विद्यालय भवनहरु आर्थिक अभावका कारण निर्माण गर्न नसकिएको समेत बताइएको छ । जिल्लामा अझै ४० प्रतिशत विद्यालय कक्षा कोठाको अभावमा विद्यार्थीलाई खुल्ला चौर र भुईंमा राखेर पठनपाठन गराइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यार्थी अनुपातमा शिक्षक नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउँदा स्थानीयस्तरबाट विद्यालयको भवन निर्माण गर्न स्थानीय जनताले नसकेको कार्यालयले बताएको छ ।

गाविस, इलाका, हुँदै जिल्लामा बढी समस्याग्रस्त भएका विद्यालयको मात्र जानकारी बढी आउने हँुदा समस्यालाई पहिचान गरेरमात्र प्राथमिकतामा पर्ने गरेको शिक्षा कार्यालयको भनाइ रहेको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा २ सय १४ वटा विद्यालय निर्माण भए पनि डेस्क बेन्चलगायतका भौतिक सामग्रीको अभावमा प्रयोग गर्न समस्या भएको विद्यालयले बताएका छन् ।

बर्सेनि विद्यालय भवन मर्मत, निर्माण हुने गरे तापनि प्रयोग गर्दा डेस्क बेन्चको अभावमा भौँतारिने गरेको पञ्च भयार माविका प्रधानाध्यापक होमप्रकाश सिंहले बताए । विद्यालय निर्माण भए पनि बालमैत्री बन्न नसक्दा समस्या उत्पन्न हुने गरेको छ । अधिकांश विद्यालय निर्माण भए पनि शौचालय नहुँदा समस्या हुने गरेको छ ।