काठमाडौं, २१ असार । तिब्बतीलाई नेपाली नागरिकता र राहदानी बनाइदिने समूह सक्रिय रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाबाट एक तिब्बती युवतीलाई नागरिकता बनाइदिने तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
तिब्बती डेचेन याङत्सुले रसुवा टिमुरे-४ का धनबहादुर तामाङकी छोरी सीता तामाङ भएको झूटो विवरण पेस गरी नागरिकता लिएकी छन्। उनले सीता तामाङको नामबाट २३१०२८र३९ नम्बरको नागरिकता रसुवाबाट लिएकी हुन्।
त्यही नागरिकताका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले उनलाई ०७३५५०२७ नम्बरको राहदानी दिएको छ। डेचेनलाई नागरिकता दिलाउन बिचौलियाको भूमिका निर्वाह गर्ने तिब्बती शरणार्थी ग्यात्से लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
डेचेनले ग्यात्सेलाई एक लाख रुपैयाँ दिएको र उनैले नेपाली नागरिकता बनाइदिएको बयान दिएकी छन्। ग्यात्से २६२८ नम्बरको परिचयपत्रवाहक तिब्बती शरणार्थी हुन्। अध्यागमन विभागको हिरासतमा रहेकी डेचेनको बयानका आधारमा प्रहरीले ग्यात्सेलाई बौद्धबाट पक्राउ गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया