काठमाडौं, २१ असार । आगामी एक दशकमा अल्पविकसित नेपाललाई विकासशील बनाउने लक्ष्यसहित संविधानसभामा दोस्रो ठूलो दल नेकपा ९एमाले० ले ३५ वर्षे ‘नेपाल ड्रिम’ विकास अवधारणा अघि सारेको छ।
बिहीबारबाट राजधानीमा जारी पार्टीको नवौं महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो सुरु बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेस गर्दै भावी नेपालको स्वप्नचित्र प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा एक दशकभित्र नेपालीको प्रतिव्यक्ति आय, सामाजिक र भौतिक विकास तथा मानव विकासका आधारमा नेपाललाई विकासशील तहमा पुर्या्उने लक्ष्यले अघि बढ्ने उल्लेख छ। प्रतिव्यक्ति आय कसरी, कति पुर्याीउने, सामाजिक र भौतिक विकास तथा मानव विकास सूचकांक कुन तहमा पुर्याीउने भन्ने खाका भने प्रतिवेदनमा छैन।
‘लोकतन्त्रको पर्यायका रूपमा स्थापित पार्टी अब समृद्धिको अगुवाका रूपमा स्थापित हुनेछ र सन् २०८० सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको दर्जाबाट विकासशील राष्ट्रको दर्जामा पुर्यारउनेछौं,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ। मस्यौदा समिति हुँदै केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित खनालको प्रतिवेदनमा शनिबारबाट समूहगत छलफल हुनेछ। नागरिक दैनिकबाट













प्रतिक्रिया