२९ आश्विन २०८३, बिहिबार

लाखौंको कम्प्युटर पार्ट्स बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Computers Partsगौशाला, २० असार । सशस्त्र प्रहरीले आज महोत्तरीको मटिहानीबाट लाखौं मूल्य बराबरको कम्प्युटर पार्ट्स हार्डडिस्क बरामद गरेको छ ।

भारतको मधवापुरबाट भन्सार छली महोत्तरीको मटिहानी भित्र्याइएका छ लाख १० हजार मूल्य बराबरको ६६ थान हार्डडिस्क बरामद गरिएको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक गोविन्दबहादुर केसीले बताए ।

मटिहानी गाविस–८ स्थित जामुन मण्डलको घरमा तस्करी गर्न भण्डारण गरी राखिएका ती सामान प्रहरी निरीक्षक केसीको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद गरिएका ती सामान कारबाहीका लागि मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको प्रहरी निरीक्षक केसीले बताए ।