२९ आश्विन २०८३, बिहिबार

डाँकाको आक्रमणमा महिलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang_districtखोटाङ, २० असार । डाँकाको आक्रमणमा परी खोटाङमा एक महिलाको ज्यान गएको छ ।

बिहीबार बेलुका माइतीघर जाने क्रममा डाँकाले आक्रमण गर्दा विजयखर्क–३ की ४४ वर्षीया नर्मदा ढकालको ज्यान गएको हो ।

बिरामी बुबा भेट्न राजापानी–४ स्थित माइतीघर जाने क्रममा राजापानीको कामीकाटे भन्ने ठाउँमा डाँकाले आक्रमण गर्दा उनको ज्यान गएको मृत नर्मदाका ज्वाइँ हरिबोल आचार्यले बताए ।

आचार्यका अनुसार बेलुकी ४ बजेतिर घरबाट हिँडेकी नर्मदा राति १० बजे मृत भेटिएकी हुन् ।

जङ्गलको बाटो हुँदै माइतीघर हिँडेकी नर्मदाको गरगहना लुटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए । उनका अनुसार नर्मदाको घाँटीमा साडीले बाँधेर हत्या गरिएको देखिएको छ ।

बाटोमा अघिपछि हुँदै हिँड्ने नचिनिएका दुई युवाले नर्मदाले हातकानमा लगाएको करिब तीन तोलाबराबरको गहनाका साथै नगद लुटेर हत्या गरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

आफन्तका अनुसार घरबाट सबेरै हिँडेकी नर्मदा माइतीघर नपुगेपछि खोजतलास गर्दा दुई युवासँगै हिँडिरहेको देखेको स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म नर्मदा माइतीघर नपुगेपछि खोजतलास गर्दा ती दुई युवा अताल्लिँदै कुदिरहेका स्थानीयको भनाइ छ ।

यसबारे अनुसन्धान गर्न जिल्लाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक साहले बताए । उनले भने, ‘जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरिएकाले घटनाका दोषी चाँडै पत्ता लाग्नेछ ।’