दमक, २० असार । एक वर्षको अवधिमा झापाको दमक नगरपालिकामा पाँच जना कार्यकारी अधिकृत फेरिएका छन् ।
वर्षदिनको अवधिमा राजेश पौडेल, हरिकृष्ण तिम्सिना, रुद्र न्यौपाने, गणेश तिम्सिना र नुरहरि खतिवडा कार्यकारी अधिकृत भइसकेका छन् । दुई सातादेखि नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका थिए ।
बिहीबारबाट कार्यकारी अधिकृतमा रुपमा नुरहरि खतिवडाले सेवा दिन थालेका छन् । उनले नगरको विकास निर्माणका क्षेत्रमा सबैसँग हातेमाले गरेर अघि बढ्ने बताए ।
यसअघि काजमा रहेका निमित्त कार्यकारी अधिकृत गणेश तिम्सिना उपसचिवमा बढुवा भई स्थानीय विकास मन्त्रालयमा सरुवा भएका थिए ।
आर्थिक वर्षको अन्ततिर अधिकृृत नहँुदा रहेका योजनाको भुक्तानी, ठेक्काको रकम फिर्तालगायतका काम केही दिनयता ठप्प हुन पुगेको थियो ।















प्रतिक्रिया