दमौली, २० असार । सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण आज बिहान साढे आज बजे तनहुँको भानु–१ भन्सार नजिकै आकस्मिक अवतरण भएको छ ।
काठमाडौंबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले बताए ।
हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको सशस्त्र प्रहरी बल मनकामना गण भानु तनहुँले जनाएको छ ।
काठमाडौंबाट साढे आठ बजे उडेको हेलिकप्टर ९ बजे सो ठाउँमा अवतरण गरिएको हो ।















प्रतिक्रिया