२९ आश्विन २०८३, बिहिबार

डुबेका बालकको उपचारमा आर्थिक अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ilam Districtइलाम, २० असार । इलामको लक्ष्मीपुर–१ मा गाईलाई खोले पकाउने भाँडोमा डुबेर गम्भीर घाइते भएका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ ।
पकाइरहेको खोलेमा बिहीबार साँझ डुबेर गम्भीर घाइते भएका लक्ष्मीकान्त भट्टराईका तीन वर्षीय छोरा आयुसको उपचारमा आर्थिक अभाव भएको हो ।

घाइते बालकलाई जिल्ला अस्पताल इलाममा उपचारका लागि रातिनै भर्ना गरिएको छ । तर जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि अस्पतालले अन्यत्र लैजान सुझाव दिए पनि आर्थिक अभावका कारण लैजान नसकिएको पीडित लक्ष्मीकान्तले बताए ।

बालकको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ । बालकका बाबु लक्ष्मीकान्तले सहयोगका लागि अस्पताल, स्थानीय बासिन्दा र समाजसेवीसँग अनुरोध गरेका छन् ।