२९ आश्विन २०८३, बिहिबार

सहानालाई कसैले सम्झेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahana Pradhanकाठमाडौं, २० असार । एमाले महाधिवेशन उद्‌घाटन समारोहमा कुनै पनि नेताले सिकिस्त बिरामी रहेकी नेत्री सहाना प्रधानको नाम उच्चरण गरेनन्।

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं सहानाका पति पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीलाई सबैले स्मरण गरेका थिए।

वरिष्ठ नेता नेपालले तुल्सीलालको पनि नाम लिएका थिए। प्रधान एमाले स्थायी समितिकी पूर्व सदस्य र हाल पनि केन्द्रीय सदस्य हुन्।

८७ वर्षीया प्रधान एक महिनादेखि बल्खुस्थित बयोधा अस्पतालमा सिकिस्त अवस्थामा उपचार गराइरहेकी छिन्। उनी २०४६ सालको जनआन्दोलनका लागि गठिन वाममोर्चाकी अध्यक्ष हुन्। अन्नपूर्ण पोष्ट दैनिकबाट