२९ आश्विन २०८३, बिहिबार

बहुपदीय राजनीति विस्तार गर्दै एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml 1काठमाडौं, २० असार । पहिलोदेखि चौथो महाधिवेशनसम्म सैद्धान्तिक अस्पष्टताका कारण विवादमा घेरिएको नेपाल कम्युनिस्ट पार्टीले त्यसयता जारी नवौं महाधिवेशनसम्म आइपुग्दा नीतिगत हिसाबले फड्को मारेको छ।

यसबीच एकपदीय कम्युनिस्ट सिद्धान्तको घेराबाट बाहिर निस्केर पार्टी बहुपदीय संरचनामा प्रवेश गरेको छ, जसलाई नवौं महाधिवेशनले अझ फराकिलो पार्ने संकेत गरेको छ।

पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ९जबज० पछि मात्र नेपाल कम्युनिस्ट पार्टीले नीतिगत रूपमा स्पष्ट बाटो पहिल्याएको हो।

२०१० सालमा भएको पहिलो महाधिवेशनले २००७ सालको क्रान्तिबाट प्राप्त मुख्य उपलब्धिलाई जोगाउने कार्यनीति लिएको थियो। उक्त महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवका रूपमा निर्वाचित गरे पनि पछि पार्टीमा गुटबन्दी देखियो।

पार्टीभित्र देखापरेका दुई धारमध्ये एउटाको नेतृत्व पुष्पलाल र अर्कोको नेतृत्व केशरजंग रायमाझीले गरे। यही दुई धार र गुटबन्दीका कारण महाधिवेशनले तय गरेका कार्यक्रम कार्यान्वयन हुन सकेनन्।

पहिलो महाधिवेशन काठमाडौं र पाटनमा भूमिगत हिसाबले भए पनि २०१४ सालको दोस्रो महाधिवेशन काठमाडौंको फोहरा दरबारमा खुला हिसाबले आयोजना गरिएको थियो।

पहिलो महाधिवेशनले निर्वाचित गरेका अधिकारी भने उपचार क्रममा चीनमा रहेकाले दोस्रोमा अनुपस्थित थिए। दोस्रो महाधिवेशनमा रायमाझीले प्रस्तुत गरेको ‘पार्टी कार्यक्रममा परिवर्तन किनरु’ विषयक दस्तावेज अस्वीकृत भयो भने पुष्पलालले प्रस्तुत गरेको दस्तावेजसहित महाधिवेशनले गणतन्त्रको कार्यक्रमिक नारा पास गर्यो।

नेतृत्वको सवालमा भने ठीक उल्टो परिणाम आयो। रायमाझी महासचिवमा निर्वाचित भए। नीति एउटा र नेतृत्व अर्काको भएपछि महाधिवेशन सम्पन्न भएलगत्तै पार्टीमा समस्या देखिन थाल्यो।

महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई रायमाझीले अस्वीकृत गर्न थाले। त्यतिमात्र होइन, दुई–दुई वर्षमा महाधिवेशन गर्ने भनी दोस्रो महाधिवेशनले गरेको निर्णयलाई समेत रायमाझीले केन्द्रीय समितिको बैठकबाट उल्ट्याइदिए।

यसबीच २०१७ सालमा शाही कू भएपछि पार्टी प्रतिबन्धित भयो। नेता तथा कार्यकर्ता पक्राउ परे। विश्व कम्युनिस्ट सम्मेलनमा भाग लिन मस्को पुगेका तत्कालीन महासचिव रायमाझीले उतैबाट राजाको कदमलाई ‘प्रगतिशील’ भन्दै स्वागत गरिदिए। पुष्पलालको नेतृत्वमा बसेको पोलिटब्युरो बैठकले भने शाही कूको विरोध गर्योि। नागरिक दैनिकबाट