२९ आश्विन २०८३, बिहिबार

सभासदलाई अपार्टमेन्टमै राख्नुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biccकाठमाडौ, २०  असार । कांग्रेस नेतृ एवं सभासद सुजाता कोइरालाले सभासदहरुलाई सरकारले अपार्टमेन्ट खोजी राख्नुपर्ने र यातायात सहज बनाउन गाडी सुविधा दिनु उचित हुने बताएकी छिन् ।

सभासदले पाउने भत्ताले नजिकै कोठा लिएर बस्ने नसक्ने अवस्था भएकाले उनीहरुलाई यातायातको सहज व्यवस्था गर्न वा न्यूनतम मूल्यका सुविधाका गाडी उपलब्ध गराउने माग उठ्नु स्वभाविक हुने उनले बताइन ।

‘अहिले दिइएको भत्ताले संविधानसभा भवन नजिकै सभासद कोठा लिएर बस्न सक्दैनन् । टाढा बस्दा उनीहरुलाई ओहोरदोहोर गर्न गाह्रो भएको छ’, सभासदहरुले सरकारसमक्ष सुरक्षा र गाडीका लागि लिखित मागपत्र पेस गरेको सन्दर्भमा कोइरालाले भनिन्, ‘सगरी महिला सभासदलाई त झनै गाह्रो छ । त्यसैले राज्यले सुविधामा ध्यान दिनुपर्छ भन्ने माग हो ।’

उनले २ दिन अघि कांग्रेसको संसदीय दल बैठकमा समेत यसबारे आवाज उठाउनुपर्ने धारणा राखेका थिइन् । लगत्तै कांग्रेसका सभासदहरु गणेशप्रसाद विमली, तारामान गुरुङ्ग, रिता शाहीलगायतको अगुवाईमा २ सय २३ जना सभासदले हस्ताक्षर गरी लिखित मागपत्र पेस गरेका थिए ।

‘हामीले सभासदहरुलाई परेको अप्ठेरो लिपिवद्ध गरी सभामुखमार्फत् बुझाएका हौ’, आफूले यसबारे संसदीय दलको बैठकमा समेत आवाज उठाउने भन्दै सभासद विमलीले भने, ‘हाम्रो अभियानमा सबै दलका साथीहरुको साथ छ ।’ कान्तिपुर दैनिकबाट