काठमाडोँ, १९ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा बुधबारदेखि सुरु भएको रेडिएसन थेरापी आज दोस्रो सहज र पीडामुक्त रुपमा सम्पन्न भएको छ ।
क्रोनिक ब्रोंकाइटिसका कारण फोक्सोको शल्यक्रिया गर्न नसकिने भएकाले चिकित्सकको परामर्शबमोजिम उहाँको रेडिएसन थेरापी विधिबाट उपचार सुरु गरिएको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारुी विज्ञप्तिमा जनाइएको छ ।
डा आन्देस रिमरको टोली संलग्न थेरापी आगामी आइबार सकिनेछ । पार्टी सभापति एवम् प्रधानमन्त्री कोइरालामा आत्मविश्वास बढेको तथा स्वास्थ्यलाभको कामना गर्दै भेट्ने र सम्पर्क गर्नेहरूलाई “म जिन्दगीभर मृत्युसँग सङ्घर्ष गरेको मान्छे हुँ, मलाई मेरो स्वास्थ्यको होइन देशको स्वास्थ्यकै चिन्ता छ, तपाइँहरू चिन्ता नगर्नुस् मलाई केही हुने छैन ।” भन्ने भावना व्यक्त गर्नुभएको जनाइएको छ















प्रतिक्रिया