गौशाला, १९ असार । २ लाख ५० हजार भन्दा माथि सदस्य रहेको नेकपा एमालेको नवौं महाधिवशेन उदघाटस्थलमा कार्यकर्ताले प्रवेश पाएपछि नाराजुलुस गरेका छन् । उनीहरुले उद्घाटन हुने भृकुटी मण्डप अगाडिको मु्ख्य गेटमा नारा जुलुस गरेका हुन् । उद्घाटन शत्रमा प्रवेश गर्नका लागि समेत एमाले मूल व्यवस्थापन समितिको अनिवार्य कार्डको व्यवस्था गरेपछि कार्यकर्ताले नाराजुलुस गरेका हुन् ।
उच्च प्रविधियुक्त भनिएको उक्त महाधिवशेन उदघाटन स्थलमा प्रतिनिधि, आयोजक, अतिथि र पास लिएका पत्रकारहरुलाई मात्रै प्रवेश दिइए पछि कार्यकर्ताहरु आरआर क्याम्पस, महेन्द्र पुलिस क्लव वरिपरि र राष्ट्रिय सभागृहको हलमा मिडभाड लागेको छ । एमालेले राष्ट्रिय सभागृहको हलमा प्रोजेक्टर मार्फत एमाले महाधिवेशनको प्रत्यक्ष प्रशासरण गर्ने भएपछि त्यहाँ कार्यकर्ताको भिड लागेको छ । विगतमा महाधिवेशन उदघाटनमा प्रतिनिधिका साथै सामान्य कार्यकर्ता र अन्य दलका नागरिकलाई समेत प्रवेश दिदैँ आएको एमालेले यो पटक त्यसबाट कार्यकर्ताला बञ्चित गरेको छ ।
महाधिवेशन हलमा २३ सयभन्दा बढी मानिस अट्न नसक्ने भएकाले आयोजकहरुले सर्वसाधारण्ँलाई प्रवेश नदिएका हुन् । कार्यक्रममा प्रवशे नपाएपछि गेट बाहिर कार्यकर्ताले मूल व्यवस्थापन समिति मूर्दावाद, उदघाटनमा प्रवशे गर्न पाउनुपर्छ भन्दै नाराबाजी गरेका छन् ।
















प्रतिक्रिया