काठमाडौं, १९ असार । नियमनको यथेष्ट व्यवस्थापन नभएसम्म नयाँ म्यानपावर इजाजत खुला नगरिने भएको छ । श्रम मन्त्रालयले हाल सञ्चालित म्यानपावर र कम्पनीको नै नियमन गर्न नसकिएकाले तुरुन्तै नयाँ इजाजत खुला नगर्ने जनाएको छ ।
खुला बजारमा व्यवसाय गर्ने अधिकार नागरिकलाई हुने भएकाले म्यानपावर कम्पनीको नयाँ इजाजतका लागि श्रम मन्त्रालयमा चौतर्फी दबाब परिरहेको छ ।
अर्कोतिर वैदेशिक रोगार व्यवसायीले भइरहेका म्यानपावर नै सरकारले उचित निगरानी गर्न नसकेकाले तुरुन्तै खोल्न नदिन दबाब दिइरहेका छन् ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ पनि हाल सञ्चालनमा रहेका एक हजार म्यानपावरको कार्यसम्पादन सुधार गरेर मात्र नयाँ दर्ता इजाजत खुलाउन लागेको मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालयका उच्च अधिकारीले पनि कामदारसँग म्यानपावर कम्पनीले मनलाग्दी पैसा असुल्ने विकृति नियन्त्रण गरेर मात्र म्यानपावर कम्पनीको नयाँ दर्ता खुलाउँदा रामैो हुने राज्यमन्त्री गुरुङलाई सुझाव दिने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया