२९ आश्विन २०८३, बिहिबार

आयल निगम नै उपभोक्ता ठग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौं, १९ असार । पेट्रोल पम्पहरुको अनुगमन गरी कानुनी मापदण्डविपरित काम गर्नेलाई कारबाही गर्नु पर्ने निकाय नेपाल आयल निगिम स्वयंले कम परिमाणमा इन्धन बेच्ने गरेको पाइएको छ ।

निगमको अमलेखगञ्ज डिपोमा उपभोक्ताकर्मी, व्यवसायी तथा नापतौल विभागको संयुक्त अनुगमनले प्रत्यक्ष ठगी भएको छ ।

१२ हजार लिटर पेट्रोलियममा २ सय २४ लिटर कम पाइएको टोलीले जनाएको छ । निगमले नापतौलमा गरेको लापरबाहीको प्रत्यक्ष असर पेट्रोल पम्प हुँदै उपभोक्तासम्म पर्छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले बुधवार मुख्यसचिव लीलामणि पौडेलको ध्यानाकर्षण गराउँदै उपभोक्ता मारमा परेको र कालोबजारी भएकाले ततकाल कारबाही माग गरेको छ । निगमको व्यवस्थापकीय कमजोरी र नापतटौलमा परम्परागत शैलीले पेट्रोल तथा डिजेलमा उपभोक्ताले वास्तविक लागतभन्दा बढी शुल्क तिर्नु परेको छ ।

निगमले चोरी, चुहावटका लागि प्राविधिक नोक्सानी शीषर्ष्क अन्तर्गत प्रतिलिटर उपभोक्ताबाछ १ दशमलब ०५ रुपैयाँ असुल गर्दै आएको छ ।

’व्यवस्थापनामा कमजोरी गर्ने, कर्मचारीले आफ्नो दायित्व पूरा नगर्ने अनि मापदण्डभन्दा थोरै तेल दिएर उपभोक्तालाई मारमा पार्ने काम अपराध हो, मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने,’यति ठूलो अनियमितता आँखा चिम्लिए भोलि झनै ठूलो समस्या आउन सक्छ ।’

पेट्रोल पम्पहरुले नापतौल मापदण्डभन्दा कम इन्धन वितरण गरेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुगमनले पटक पटक भेटाएको छ । कारोवार दैनिकबाट