२९ आश्विन २०८३, बिहिबार

कोइरालाले रेडियो थेरापी सुरु गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-1काठमाडौं, १९ असार । प्रधानमन्त्री सुशील कोइरालालको पहिलो दिनको रेडियो थेरापी (विकिरण उपचार) सम्पन्न भएको छ ।

कोइरालाले नेपाली समय अनुसार बधुबार राति अमेरिकामा रेडियो थेरापी गरेका हुन् । सहयोगी मृदुला कोइरालाकाअनुसार प्रधानमन्त्री कोइरालाले थेरापीमार्फत क्यान्सर रोगको उपचार सुरु गरेका हुन् ।

फोक्सोमा दाग देखिएपछि परीक्षणका क्रममा कोइराललाई क्यान्सर भएको पत्ता लागेको थियो । शल्यक्रीयाबाट उपचार गराउन समस्या पर्ने भएको भन्दै उनलाई रेडियो थेरापीमार्फत उपचार गरिएको हो ।

प्रधानमन्त्री कोइरालाको पाँच दिनसम्म लगातार रेडियो थेरापी मार्फत उपचार हुने छ । उनलाई अब चार दिन थेरापी गरिने छ ।