२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा अनिश्चिकालिन विद्यालय बन्दको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student

कञ्चनपुर, १८ असार । नेपाल राहत शिक्षक संघर्ष समिति कञ्चनपुरले बुधबारदेखि अनिश्चितकालीन रूपमा विद्यालय बन्दको घोषणा गरेको छ ।

चालु शैक्षिकसत्रको तेस्रो चौमासिकको तलब भत्ता निकासा नगरेको भन्दै समितिले विद्यालय बन्दको घोषणा गरेको हो ।

वैशाख २२ गते शिक्षा मन्त्रालय र संघर्ष समितिबीच तेस्रो चौमासिकको तलब भत्ता उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नहँुदा संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष नवीन सिं धामीले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयमा समेत आजैदेखि धर्ना दिइने उहाँले बताउनुभयो ।