काठमाडौं, १८ असार । कांग्रेसका सभासद्ले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ विनियोजन गर्न चर्को दबाब दिएका छन्।
मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद्ले सबै जिल्लामा समानुपातिक विकास अघि बढाउन आर्थिक वर्ष २०७१र०७२ को बजेटमा यस्तो व्यवस्था गर्न दबाब दिएका हुन्।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि जनप्रतिनिधिका नाताले निर्वाचन क्षेत्रमा जनताका विकास कार्यक्रम अघि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
‘जनप्रतिनिधिले जनतालाई ध्यान दिनुपर्छ, त्यसका लागि उनीहरूले आफ्नो क्षेत्रमा विकास गर्न पाउनुपर्छु, देउवाले बैठकमा राखेका धारणा उद्धृत गर्दै एक सभासद्ले भने, ‘६ खर्बको बजेटमा १२ अर्ब ठूलो पैसा होइन। कांग्रेस नेतृत्वमा सरकार भएका बेला केही न केही नयाँ गर्नैपर्छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया