२९ आश्विन २०८३, बिहिबार

अन्नपूर्ण पोष्ट दैनिकको नयाँ सम्पादकमा युवराज घिमिरे, गुणराज हटाइए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubaraj_Ghimire

काठमाडौं, १७ असार । अन्नपूर्ण पोष्ट दैनिकको नयाँ सम्पादकमा वरिष्ठ पत्रकार युवराज घिमिरे नियुक्त हुनुभएको छ ।

नेपाल न्युज नेटवर्क ईन्टरनेशन (थ्रीएनआई) प्रालिले घिमिरेलाई सम्पादकका नियुक्त गरेको हो । अहिलेका सम्पादक गुणराई लुईँटेललाई भने पत्रिकाबाट बिदाइ गरिएको छ । लुईँटेललाई अब आउने भनिएको टेलिभिजनको सम्पादकका रुपमा सरुवा गरिएको बताइएको छ ।

सम्पादक नियुक्त भएपछि दैनिक नेपाल डटकमसँग कुरा गर्दै घिमिरेले बुधबारदेखि जिम्मेवारी वहन गर्न लागेको बताउनुभयो । वरिष्ठ पत्रकार घिमिरेले कान्तिपुर, राजधानी, नागरिक र समय साप्ताहिकको सम्पादकको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।