२९ आश्विन २०८३, बिहिबार

कोरियामा नेपाली श्रमिकको तलब लाख नाघ्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

south-korea

काठमाडौं, १७ असार । दक्षिण कोरियामा कार्यरत मजदुरको ज्याला अर्को वर्ष ७.१ प्रतिशतले वृद्धि हुने भएको छ। ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको हो। यस निर्णयले साना तथा मझौला उद्योगमा काम गर्दै आएका स्वदेशी तथा विदशी कर्मचारीलाई उत्साहित बनाएको खबर आजको कान्तिपुरमा छापिएको छ।

समितिको बैंठकले तलब वृद्धिसम्बन्धी निर्णय गरेको हो। बैठकमा मजदुर प्रतिनिधि, सरकारी अधिकारी र रोजगारदाता प्रतिनिधिसहित २७ सदस्य उपस्थित थिए।

निर्णय अगस्ट ५ मा रोजगार मन्त्रालयले स्वीकृत गर्नेछ। आउदो जनवरीमा लागू हुने नयाँ तलबमान अनुसार मजदुरले प्रतिघन्टा ५ हजार ८ सय ८० वन अर्थात ५.५ अमेरिकी डलर पाउने भएका हुन्। उद्योगको पकृति अनुसार हप्तामा ४४ घन्टासम्म काम गर्ने मजदुरले १२ लाख६१ हजार ८० वन पाउने भएका हुन्। हाल ५ हजार २ सय १० वन पाउँदै आएका छन्।

परिवर्तित नयाँ तलबमानले कोरियाका विभिन्न उद्योगमा कार्यरत स्वदेशी तथा विदेशी २ करोड ७० लाख न्यूनतम् आय भएका मजदुरलाई फाइदा पुग्नेछ। नेपाल सहित एसियाका १५ देशका युवाहरुको आकर्षक रोजगारीको गन्तब्य बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले २२ हजार नेपाली अझ उत्साहित बनेका छन्। कोरिया साना तथा मझौला व्यवसायी संघले गरेको सर्वेक्षणमा नेपाली कामदारको कमाइ १४ सय ३७ अमेरिकी डलरभन्दा बढी छ।