काठमाडौं, १७ असार । सरकारले अमेरिकामा बस्ने नेपालीको सम्पत्ति विवरण मागेको छ।
अमेरिका यसका लागि सकारात्मक भएकाले अब त्यहाँ बस्ने नेपाली नागरिकको बैंक खातामा भएको रकम, सेयर, घरजग्गा लगायत सम्पत्तिको जानकारी नेपाल सरकारले पाउन सक्ने खबर आजको कान्तिपुरमा समाचार छ।
बैंकिङ तथा अन्य वित्तीय अपराध गरी अमेरिकामा बसोबास गर्नेको संख्या बढेपछि सरकारले उनीहरुको विवरण खोजिरहेको थियो। अमेरिकाले उसका नागरिको विवरण चाहेपछि नेपालले पनि मागेको हो।
अमेरिकी कानुन फाट्का ९फरेन एकाउन्टस् ट्याक्स कम्प्लाएन्स एक्ट० अनुसार नेपालले अमेरिकी नागरिकको सूचना उपलब्ध गराउने निर्णय जेठ २३ को मन्त्रिपरिषदले गरेको थियो। उक्त निर्णय कार्यान्वयन गराउने क्रममा अर्थ मन्त्रालयले जेठ २५ मा राष्ट्र बैंकलाई पत्र पठाउँदै अमेरिकामा बसोबास गर्ने नेपालीको पनि विवरण माग्न भनेको थियो।














प्रतिक्रिया