
तनहुँ, १५ असार । तनहुँको दक्षिण भेगमा पर्ने कोटदरबार गाविसमा गएराति बिजुलीको खम्बा ढल्दा अचानक विद्युत् सर्ट भई दुई जना गम्भीर घाइते भएका छन् । यो घटनामा अन्य छ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
सोही गाविस निवासी ३४ वर्षीया सन्तमाया राना र १६ वर्षीया अम्बिका आले गम्भीर घाइते भएका हुन् । रातको समयमा पानी परेका कारण बिजुलीको खम्बा ढलेर विद्युत् प्रवाह अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।
गम्भीर घाइतेहरुको भिमादस्थित नारायण मेडिकल र अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।















प्रतिक्रिया