२९ आश्विन २०८३, बिहिबार

बमको हल्लाले ललितपुरमा आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bomb

ललितपुर १५ असार । ललितपुरको चापागाउँको व्यस्त बजारमा ‘खतरा’ भनी लेखेर राखिएको वस्तुको कारण आइतबार बिहान स्थानीय बासिन्दा केही समय आतंकित बने ।

खतरा भनी लेखिएको कागजको बाकसमा केही तारहरुसमेत जडान गरिएको भेटिएकाले सो वस्तु बम भएको हल्ला चलेको थियो ।

सो बाकसलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले डिस्पोज गर्न खोज्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक दुर्गा सिंहले बताउनुभयो । बाकसभित्र चकलेटका कागजहरु मात्र भेटिएको थियो ।