२८ आश्विन २०८३, बुधबार

पोको पारेकै भरमा खाए तेल उद्योगले सवा अर्ब भ्याट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौं, १५ असार । तेल उत्पादन गर्ने उद्योगले भारतबाट खरिद गरेको तेल नेपालमा पोको पारेर बिक्री गरेका आधारमा सर्वसाधारणले बुझाएको आधा भ्याट रकम खाने गरेको पाइएको छ ।

स्वदेशी उद्योग संरक्षणका लागि नेपाली कच्चा पदार्थ प्रयोग गरेर तेल उत्पादन गर्ने उद्योगलाई आधा भ्याट फिर्ता गन नीतिर्का  फाइदा उठाउँदै उनीहरूले भ्याट फिर्ता लिएका हुन् । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जनकारीअनसार विभिन्न १६ तेल उद्योगले गत आथिर्क वर्षमा १ अर्ब ३० करोड २५ लाख ५९ हजार रुपियाँ भ्याट राज्यकाषवाट फिर्ता लिएका थिए ।

रकम सवसाधारणले राज्यलाई तेल खरिद गरे बापत तिरेको  भ्याट रकमका आधा हो । गत आर्थिक वर्षमा स्वस्तिक आयल इन्डस्टिज, शिवशक्ति घ्यू उद्योग, गणपति वनस्पति घ्यू उद्योग, अन्नपर्णू भेजिटबल प्रोडक्सन, नारायणी रिफाइनरी र नन्दन घ्य उद्योगसहित सात उद्यागले मात्र ३० अर्ब ४८ करोड ३४ लाख ७० हजार रुपियाँ बराबरका कच्चा भटमास, कच्चा पाम र कच्चा सनफ्लावर तल आयात गरेका छन । राजधानी दैनिकबाट