२९ आश्विन २०८३, बिहिबार

नेपाल–ओली, लाञ्छनाकै दोहोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Kp-&-Madhavकाठमाडौ, १५ असार । नवौं महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वको प्रतिस्पर्धा मैदानमा उत्रिएका नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीले एकअर्काबीच गालीगलौज र लाञ्छनालाई झन् तीव्र पारेका छन्।

महाधिवेशन सुरु हुन पाँच दिन मात्र बाँकी रहँदा दुवै नेताले शनिबार पनि एकअर्कामाथि चर्का गाली गर्न र आरोपको वर्षा गरे।

प्रतिस्पर्धीका कमजोरीमा विभिन्न उखान–तुक्का र संज्ञा जोड्दै गालीगलौज गरेर कार्यकर्ता आफूतिर तान्न सक्रिय उनीहरुले सहमतीय राजनीतिका पक्षपाती मतदाता भने चिढ्याइरहेका छन्।

शनिबार राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित महाधिवेशन प्रतिनिधि भेलामा नेता नेपाल र स्वास्थ्यमन्त्री तथा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीको आत्मकथा ुमाया मारेको मान्छेु विमोचनमा ओलीले एकअर्काबीच लगातार छेडखानी गरेका थिए।

नयाँ पुस्तामा नेतृत्व लैजाने संक्रमणकालीन समयका लागि आफ्नो उम्मेदवारी भएको जनाउँदै नेपालले नेतृत्व हस्तान्तरणका नाममा अर्को पक्षले सिन्डिकेट सुरु गरेको आरोप लगाए।

‘नयाँ पुस्ता पार्टी नेतृत्वका लागि सुयोग्य छ। अघिल्लो पुस्ताका सबै पछि हट्ने र युवालाई जिम्मा दिन खोजे त्यसका लागि म पनि छाड्न तयार छु,’ नेपालले भने, ‘हस्तान्तरणका नाममा आलोपालो गरेर २० वर्षसम्म नेतृत्व लिने सम्झौता भएको छ, सिन्डिकेट कायम गरिएको छ। त्यसलाई स्विकार्न सकिँदैन।’

अध्यक्षका अर्का आकांक्षी ओलीले आफूपछि को–को नेतृत्वमा पुग्ने भनेर सम्झौता गरेको नेपाल पक्षको आरोप छ। ओलीपछि उपाध्यक्ष वामदेव गौतम, त्यसपछि महासचिव ईश्वर पोखरेल हुँदै नेतृत्वमा त्यही पक्षका नेतामात्रै पुग्ने गरी सिन्डिकेट खडा गरिएको नेपालले आरोप लगाए।

नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण साँच्चिकै गर्ने भए आफू तयार रहेको पनि नेपालले जिकिर गरे। ुअब एक कार्यकालका लागि मात्रै नेतृत्वमा बस्छु,’ उनले भने, ‘दसौं महाधिवेशनमा सिधै नयाँ पुस्तामा जिम्मेवारी जानेछ।’

ओली पक्षले भने लामो समयसम्म नेतृत्व गरेको भन्दै नेपालले फेरि नेतृत्वमा पुगे पश्चगमन हुने बताउँदै आएको छ। उनीहरूले लामो समय नेतृत्व गरेको व्यक्ति फेरि मुख्य नेतृत्वमा पुग्दा त्यसले पार्टीलाई गतिशील बनाउन नसक्ने र नयाँपन दिन नसक्ने बताउँदै आएका छन्।

नेपालले भने आफू र आफ्नो पक्षलाई ओली समूहबाट राजनीतक जीवन समाप्त पारिदने भन्दै धम्क्याउन सुरु गरिएको बताए। ‘सबैको भविष्यलाई सुरक्षित गर्ने जिम्मेवारी लिन्छौं,’ नेपालले भने, ‘भविष्य नहुनेले धम्क्याएको भरमा डराउनुपर्ने अवस्था छैन।’

उनले विभिन्न तहमा जित र हारलाई सहज रूपमा लिन आग्रह गर्दै आफूले जिते सबैलाई समेट्ने बताए। ‘जित्नेले सबै कुरा पायौं र हार्नेले सबै कुरा गुमायौं भन्ने ठान्नुहुँदैन। पराजित भएकालाई पनि समेटेर एकताबद्ध बनाएर लैजान्छौं,’ नेता नेपालले भने, ‘पुरानो पुस्ताको गोलचक्करमा पस्ने खालको हस्तान्तरण नभएर नयाँ पुस्तामा सकेसम्म छिटो नेतृत्व पुर्याभउन पुस्तान्तरणमा जानुपर्दछ।’

नेपालले कार्यक्रममा प्रतिनिधिहरूको भावना समेटेर केन्द्रीय पदाधिकारी र सदस्यको नाम छनोट गरिने आश्वासन दिए। उनले प्रतिनिधि आफ्नो पक्षमा पार्न प्रतिस्पर्धीले भोजभतेर खुवाएको र विभिन्न आश्वासन दिने गरिएको जानकारी प्राप्त भएको पनि सुनाए।

यता, विमोचन कार्यक्रममा ओलीले हस्तान्तरण प्रक्रियाबाट पार्टी नेतृत्व पुस्तान्तरणमा जाने बताएका छन्। उनले नयाँ पुस्तामा नेतृत्व लैजानुपर्छ भन्ने व्यक्ति नै त्यसका बाधकका रूपमा देखा परेको आरोप लगाए। नागरिक दैनिकबाट