आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

कोरियामा अर्को बर्ष ७ प्रतिशतले तलब बढ्ने

दैनिक नेपाल २०७१ असार १५ गते ५:३७

Paisaसोल, १५ असार । दक्षिण कोरियामा कार्यरत मजदूरको तलब अर्को बर्ष ७।१ प्रतिशतले बढ्ने र्भको छ ।  यहांको ज्याला निर्धारण समितिले न्यूनत्तम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका स्वदेशी तथा बिदेशी कामदार उत्साहित भएका छन् ।

समितिको बैठकले शुक्रबार तलब बृद्धि सम्बन्धी निर्णय गरेको हो ।  बैठकमा मजदूर प्रतिनीधि, सरकारी अधिकारी र रोजगारदाता प्रतिनीधिसहित २७ सदस्य उपस्थित थिए ।

त्रीपक्षीय बैठकमा समयमै सहमति हुन नसकेपछि मतदान प्रकृया अपनाइएको थियो । मतदानमा बृद्धि हुनुपर्छ भन्ने पक्षमा १८ मत खसेपछि समितिका अध्यक्ष पार्क जोन सङले २०१५ बाट लागु हुनेगरि स्वदेशी तथा विदेशी मजदूरको तलव ७।१ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेका थिए ।

यस निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले अगष्ट ५ मा स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को बर्षको तलब निर्धारण गर्ने प्रावधान छ । समयमै तलब निर्धारण गरिएको  २००९ पछि यो पहिलो पटक हो । यस बर्षका लागि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनत्तम ज्याला निर्धारण समिति गठन गरेको थियो ।

आंउदो जनवरिबाट लागु हुने नयां तलवमान अनुसार मजदूरहरुले प्रतिघण्टा ५ हजार ८ सय ८० वन (५।५० अमेरिकी डलर) पाउने भएका हुन् । उद्योगको प्रकृति अनुसार हप्तामा ४० घण्टा काम गर्ने मजदुरले महिनामा तलब ११ लाख ६६ हजार २ सय २० वन र हप्तामा ४४ घण्टा काम गर्ने मजदूरले १२ लाख ६१ हजार ८० वन पाउनेछन् ।

हाल ५ हजार २ सय १० वन पाउदै आएका छन् । नयां नियम लागु भएपछि नेपाली कामदारले प्रतिमहिना न्यूनत्तम तलब १ लाख ९ रुपैयां पाउनेछन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित