आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

वीर अस्पतालमा चरम आर्थिक संकट

दैनिक नेपाल २०७१ असार १४ गते ७:५८

bir-hospitalकाठमाडौं, १४ असार । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) चरम आर्थिक संकटमा गुज्रिएका छन्। अस्पतालको आम्दानी घटेको र सरकारले दिने अनुदान पनि घटाएकाले संकटको अवस्था आएको हो।

पछिल्लो समय आर्थिक संकटकै कारण वीरमा चिकित्सक र कर्मचारीले वैशाखदेखि तलबसमेत पाएका छैनन्। अस्पतालले तत्काल संकट टार्न उपकरण खरिदका लागि दिएको सशर्त पूँजीगत अनुदानबाट ऋण सापटी लिएर वैशाखको तलब खुवाउनुपर्ने अवस्था आएको निर्देशक डा।बुलन्द थापाले बताए।

सुरुको चरणमा स्थायी कर्मचारीलाई मात्रै तलब दिने भनेपछि अस्पतालका अस्थायी, करार र ज्यालादारी कर्मचारीले आइतबारदेखि आकस्मिकबाहेक सेवामा काम नगर्ने चेतावनी दिएको डा। थापाले बताए। अस्पताल लेखा अधिकृत नवराज कोइरालाका अनुसार संकटकै कारण अस्पतालले माघदेखि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र करकट्टी रकमसमेत पठाएको छैन।

वीरमा अीधकांश शऒ्ढया, परीक्षण र अन्य सेवा निःशुल्क हुँदा आम्दानी न्यून छ। अस्पतालले प्रत्येक महिना करिब ४० देखि ५० लाख बराबरको सेवा निःशुल्क दिन्छ। ४ सय ६० शऒ्ढयाको अस्पतालमा ३ सय ३१ शऒ्ढया पूर्ण निःशुल्क छ।

सशुल्क शऒ्ढयाको पनि प्रतिदिन १ सय ५० शुल्क छ। न्याम्सअन्तर्गत पढ्ने पिजी विद्यार्थी पनि सरकारको आरक्षण सिटमा निःशुल्क पढाइने र स्वास्थ्य मन्त्रालयले त्यसको सोधभर्ना पनि नदिने चरम आर्थिक संकटको अवस्था आएको कोइरालाले बताए। प्रतिष्ठान स्थापनापछि हालसम्म झन्डै ७२ करोड शुल्क बराबरको चिकित्सक उत्पादन गरेको न्याम्सले जनाएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित