२९ आश्विन २०८३, बिहिबार

डेढ हजारका लागि होटेल प्रबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-originalकाठमाडौं, १४ असार । एमालेको आगामी महाधिवेशनका लागि छानिने प्रतिनिधिको संख्या दुई हजार पनि नाघ्ने भएको छ।

पार्टीले एक हजार आठ सय ५० मा नबढ्ने गरी प्रतिनिधि छनोट गर्ने निर्णय यसअघि गरे पनि प्रतिनिधिको संख्या दुई हजार पनि नाघ्ने स्थिति देखिएको छ। प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार शुक्रबार सम्म भूगोल, जनवर्गीय संगठन, केन्द्रीय विभागबाट गरी कुल एक हजार नौ सय महाधिवेशन प्रतिनिधि छानिएको छ।

यसबाहेक केन्द्रीय समिति, केन्द्रीय आयोग, सल्लाहकार समिति र ज्येष्ठ नागरिक मञ्चमा गरी दुई सय ५६ स्वतस् प्रतिनिधि हुनेछन्। यी सबैलाई मिलाउँदा दुई हजार एक सय प्रतिनिधि हुनेछन्।

एमाले महाधिवेशन असार १९ देखि हुने कार्यक्रम छ। प्रतिनिधि तथा स्वंयसेवकका लागि अधिवेशन स्थालमै खाना तथा खाजाको व्यवस्था हुनेछ। १५ सय प्रतिनिधिका लागि सुन्धारा, बागबजारलगायतका होटेल तथा लजमा आवास व्यवस्था गरिएको छ भने बाँकीका लागि घरमा नै राख्ने व्यवस्था गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट