आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

अंकगणितको खेलमा नेपाल र ओली

दैनिक नेपाल २०७१ असार १४ गते ६:०७

KP Oli & Mahav Nepalकाठमाडौं, १४ असार । नयाँ बानेश्वरको शंखमुल सडकमा एमाले बरिष्ठ नेता माधव नेपालको कार्यालय छ, त्यसको झण्डै दुई सय मिटर तल बुद्घनगरमा संसदीय दलका नेता केपी ओलीको ।

महाधिवेशनका लागि खोलिएका यी दुबै कार्यालयमा झण्डै एक सातादेखि अंकगणितको खेल चलिरहेको छ । महाधिवेशनका लागि आ-आफ्नो पक्षका कति प्रतिनिधि आए रु यसैको हिसाबकिताबमा दुबै समूहका नेताहरु व्यस्त छन् । शुक्रबार सम्म करिब सबै स्थानबाट महाधिवेशन प्रनिनिधि चयन हुँदा दुबै पक्षले ६० प्रतिशत भन्दा बढी प्रतिनिधि आएको दाबी गरेका छन् ।

ओली समूहले झण्डै १४ सय भन्दा बढी प्रतिनिधि आफू पक्षमा रहेको दाबी गरेको छ भने नेपाल समूहको दाबी पनि त्यस्तै छ । ओली समूहका नेता प्रदीप नेपालले महाधिवेशन नै अब करिब समाप्त भइसकेको र औपचारिकता दिन मात्र बाँकी रहेको प्रतिक्रिया दिएका छन् । ‘महाधिवेशन नै करिब सकियो भने पनि भयो, एमालेले नेतृत्व हस्तान्तरणको प्रक्रियाको अगुवाई गरिसक्यो’ नेता नेपालले कान्तिपुरसंग भने । नेतृत्व हस्तान्तरणका पक्षमा रहेका प्रतिनिधिहरुको अत्यधिक आएको नेपालले बताए ।

नेपाल समूहका सचिव युवराज ज्ञवालीले आफ्नो विचार समूहका प्रतिनिधिहरु अधिकांस आएको दाबी गरे । ‘हाम्रो विचारको पक्षमा ६० प्रतिशत प्रतिनिधिहरु आउनुभएको छ, उनले भने, ‘उहाँहरुले आफ्नै विचारलाई विजयी गराउनुहुन्छ ।’ दुबै पक्षको परस्परविरोधी आंकडा र दाबीको स्वतन्त्र पुष्टी त महाधिवेशनको परिणामले मात्र पुष्टी गर्नेछ ।

त्यसैले दुबै पक्षका नेताहरुका प्रतिनिधिहरुको सूची बनाउदै आ-आफ्नो पक्षमा तान्ने आन्तरिक प्रयासमा जुट्न थालेका छन् । यसका लागि दुबै समूहले आफू निकटलाई भरसक अर्को पक्षमा लाग्न नदिने तर अर्को पक्षका प्रतिनिधिलाई आफ्नामा तान्ने रणनीति बनाएका छन् । यो कामका लागि केन्द्रिय नेताहरु खटिएका छन् । राजधानी भित्रिएका प्रतिनिधिहरुसंग दुबै समूहले अन्तरक्रिया र भेला गर्ने तयारी छ ।

नेपाल समूहले शनिबार दिउसो बुद्घनगरमा महाधिवेशन प्रतिनिहिरुको भेला बोलाइसकेको छ । ओली पक्षका नेताहरु पनि प्रतिनिधिहरुको भेटघाटमा जुटेका छन् । प्रतिनिधि छनौटको चुनावमै अधिकास स्थानमा दुई समूहका नेताहरु प्यानल बनाएर उठेका थिए । तर केही प्रतिनिधिहरु तटस्थ समेत रहेकाले तीनलाई विश्वासमा लिने प्रयास दुबैको छ ।

दुबै समूहको यतिबेर करिब एउटै नारा छ, ‘जसको नीति उसकै नेतृत्वु । यही नारालाई दुबैले प्रतिनिधिहरुलाई विश्वासमा लिने ‘विकाउ मसला’ बनाएका छन् । नेपाल समूहले व्यक्ति भन्दा नीति ठूलो हुने उल्लेख गर्दै हाल पार्टी भित्र आफूहरुको विचारको जीत भएको दाबी गर्दै आएको छ । नीति अनुसारको नेतृत्वका लागि नेपाल उययुक्त हुने उनीहरुको तर्क छ । ओली समूहको दाबी पनि उस्तै छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित