बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

फुटबलका सौखिन अर्बपति

दैनिक नेपाल २०७१ असार १४ गते ५:५०

jack-maleyकाठमाडौ, १४ असार । अर्बपति भए पनि उनलाई खेलले जति बेलै तानिरहेको हुन्थ्यो । सोचिरहन्थे, ‘कमाइको केही हिस्सा खेलमा लगानी गर्न पाए ।’ सायद यही फिव ले हुनुपर्छ उनले यो विश्वकपलाई खेर जान दिएनन् । ब्राजिलमा विश्वकप सुरु हुनै ताका चीनमा सनसनी मच्चियो, ‘अर्बपति ज्याक मालेले फुटबलमा हात हाले ।’

चीन फुटबलमा त्यति सबल छैन । त्यसैले उनको उद्देश्य नाफाका लागि भन्दा पनि चिनियाँ फुटबललाई विश्वसामु पुर्‍याउने धोको छ । अलिबाबा ग्रुप होल्डिङका संस्थापक ज्याकले ‘ग्वाङजाउ इभरग्रान्डी सकर टिम’ मा लगानी गरेका हुन् । उनी ई-कमर्सबाट धनी भएका हुन् । उनको सम्पत्ति ९ अर्ब ५० करोड अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।

फुटबलले उनलाई नाफा नदिए पनि त्यसमार्फत ब्यवसायको मार्केटिङ टुल हुने विश्वासले पनि लगानी गरेका हुन् । चीनका टेलिभिजनबाट प्रसारण हुने सबै खेलमध्ये ५० प्रतिशत फुटबल प्रसारण हुन्छ । त्यसपछि ५० प्रतिशतमा अरू खेल देखाइन्छ ।

ज्याक जस्तो उद्देश्यले फुटबलमा लगानी गर्ने उनी मात्र हैन । धेरै अर्बपतिहरू छन् । कोही खेलका पारखी भए पनि खेल्न नपाएकाले अरूमाथि लगानी गरेर चित्त बुझाइरहेका छन् । कोही यसबाट पाइने विश्वव्यापी चर्चाका कारण पनि लोभिइरहेका हुन्छन् । यहाँ फुटबल रुचाउने अर्बपतिबारे चर्चा गरिँदै छ । जो खेलेर होइन, त्यसमा लगानी गरेर चर्चामा आएका हुन् ।

सिंगापुरका अर्बपति पिटर लिम पनि हालसालै युरोपियन फुटबल क्लब भ्यालेन्सियाको स्पेनिस टिमका नयाँ मालिक बनेका छन् । अन्य एसियाली लगानीकर्ताभन्दा राम्रो अवसर पाउन उनले फुटबल क्लब किनेका हुन् । यो उनको पुरानो सपना थियो । तेल व्यापारबाट सम्पत्ति कमाएका उनी म्यानचेस्टर युनाइटेडका फ्यान हुन् । तर सन् २०१० मा लिभरपुलसँग जोडिएको खबर बाहिर आएको थियो ।

उनले टिमको ७० दशमलव ४ प्रतिशत हिस्सा किनेका हुन् । दुई पटक च्याम्पियन लिगको अन्तिम चरणमा पुगेको टिम ऋणले थिचिएकाले लिमको लगानीलाई भ्यालेन्सिया फाउन्डेसनले अनुमोदन गरेको हो ।

बरजया ग्रुपका अध्यक्ष एवं मलेसियाली टाइकुन विन्सेन्ट टान वेल्स क्लब कार्डिफ सिटी फुटबल क्लबका मालिक हुन् । सन् २०१० मा उनले फुटबल क्लबको ३० प्रतिशत सेयर किनेका थिए । सन् २०१४ को अप्रिलसम्म आइपुग्दा उनले आफ्नो सेयर बढाएर ९० प्रतिशत पुर्‍याएको क्लबको पछिल्लो वित्तीय विवरणले देखाएको विकिपेडियामा छ । उनले चार वर्षको अवधिमा क्लबको ऋण, मर्मत, खेलाडीको तलब र हस्तान्तरण शुल्क गरी झन्डै २४ करोड डलर खर्च गरेका छन् ।

सन् २००३ मा चेल्सीमा लगानी गरेका रुसी अर्बपति रोमन अब्रमोभिचलाई फाइदा पुगेको छ । चेल्सी अहिले युरोपको टप क्लबमा पुगेको छ । जो मेनचेस्टर सिटीसँगै विश्वमै सबैभन्दा बढी कमाउने स्पोर्टस टिममा पर्छ । चेल्सीका पूर्वमालिक केन बेट्स थिए ।

उनी फुटबललाई माया गर्ने भएकाले चेल्सीमा लगानी गरेका थिए । यसको सबै खेलमा उनको इमोसन लाई टेलिभिजनमा प्रत्यक्ष देख्न सकिन्छ । सन् २०१३ को जुलाई १ मा चेल्सीले अब्रमोभिचको १० वर्षे वनरसिप मनाएको थियो । तेल, स्टिललगायत अन्य व्यवसायमा संलग्न अब्रमोभिचको कुल सम्पत्ति १३ अर्ब ४० करोड डलर रहेको फोब्र्सले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित