काठमाडौं, १३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको भन्दै एक प्रहरी सहायक निरीक्षकविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत ट्राफिक प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत प्रहरी सहायक निरीक्षक रामशरण उप्रेतीले बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।
उप्रेतीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाअन्तर्गत एएन सिंह कलेज, मोतिहारीबाट सन् १९९७ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को १६(१) बमोजिम हदैसम्मको सजायको माग गर्दै आरोपपत्र दर्ता गरिएको हो ।















प्रतिक्रिया