२९ आश्विन २०८३, बिहिबार

एमालेमा गुट फेर्ने लहरः कुन नेता कततिर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp & Madhav

काठमाडौँ, १३ असार । नेकपा एमालेको  नवौँ महाधिवशेन आउन केही दिन मात्र बाँकी रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समुहबीच प्रतिनिधि तानातानको होड चल्न थालेको छ । आ–आफ्नो पक्षलाई वलियो र प्रभावशाली देखाउँन ती दुबै समुहका नेताले विभिन्न जिल्लामा राम्रो प्रभाव  भएका नेतालाई पनि आफ्नो पक्षमा देखाउन थालेका छन् ।

पदाधिकारी र स्थायी समितिमा आफु निक्कै वलियो रहेको दाबी गर्ने ओली समुहले आफ्नो पक्षमा करिव ७० प्रतिसत प्रतिनिधि रहेको र जित सुनिश्ति रहेको तर्कसहित विभिन्न जिल्लाका प्रभावशाली नेतालाई आफुतिर तान्न थालेको छ । यता नेपाल समुहले पनि पछिल्लो समयमा नेपालका पक्षमा भारतमा आएको मोदी लहर जस्तो लहर आएको भन्दै जिल्लामा पकड भएका नेता र प्रतिनिधि तान्न थालेको छ ।

लामो समय आफ्नै समुहमा रहेर काम गरेका नेताहरु प्रदिप नेपाल, मुकुन्द न्यौपानेलगायतका नेतालाई पहिल्यै गुमाइ सकेका नेता नेपालले पछिल्लो समय सेती अन्चल इन्चार्ज भानुभक्त जोशीलाई पनि गुमाउनु भएको छ । नेपाल पक्षका जोशी अहिले ओली कित्ताम पुगेका छन् । ओली निवासमै पुगेर जोशीले समुह परिवर्तनको जनाउ दिनुभएको हो ।

ओली समुहबाट नेपाल समुहमा सर्नेको पनि कमी छैन् । सचिव बिष्णु पौडेलका नजिक मानिने रुपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ अहिले सुटुक्क नेपाल समूहमा भित्रिनुभ एको छ । पौड्याल अहिले ओली निकट हुनु्हुन्छ । ओलीनिकट रहँदै आउनु भएका रामेछाप जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल पनि अहिले नेपाल समुहमा भित्रिनु भएको छ ।

त्यसो त ओलीका विश्वास पात्र मानिने काठमाडौँका प्रभाशाली नेता कृष्णगोपाल श्रेष्ठ पनि अहिले खुलेर ओलीको पक्षमा लाग्नु भएको छैन । चुनावका बेला कतै पनि मुख नखोलेका श्रेष्ठ अहिले ओली समुहसँग टाढिएको चर्चा चलेको छ । उहाँ आफैले त मुख खोल्नु् भएको छैनन् तर जानकारहरुका अनुसार श्रेष्ठले ओलीकै मान्छेले चुनावमा हराएको आशंका गरेको बुझिएको छ । त्यसै कारण उहाँ नेपाल नजिक हुने अनुमान गरिएको छ ।

पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष केदार सञ्जेल नेपाल समुहका मानिनुहुन्छ । उहाँकै कारण नेपालको उक्त कमिटिमा पल्लाभारी भएको थियो । अहिले सञ्जेलले ओलीतिर जान खुट्टा उचालेको चर्चा चल्ल थालेको छ । तर, सञ्जेल आफैले केही भन्नु भएको छैन् । ओली र नेपाल दुबैका कार्यक्रममा उपस्थित भएर तटस्थ मन्तव्य दिदैँ आएका पूर्व राजदुत समेत रहनु भएका टंक कार्की पनि अहिले ओलीतिर ढल्लेको चर्चा चलेको छ । कार्की उपत्यका समन्वय कमिटीबाट प्रतिनिधि चयन हुनुभएको हो ।