२९ आश्विन २०८३, बिहिबार

दुई प्रतिवेदन छलफलका लागि पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौं, १३ असार । संविधानसभाको आजको बैठकमा दुई छुट्टाछुट्टै प्रतिवेदन छलफलका लागि पेस गरिएका छन् ।

संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिका सभापति विष्णु पौडेलले ती दुई प्रतिवेदन छलफलका लागि बैठकमा पेस गरेको जानकारी दिए ।

यसरी पेस भएका प्रतिवेदनमा तत्कालीन संवैधानिक निकायको संरचना निर्धारण समितिको मस्यौदामा भएका सहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ एवम् तत्कालीन संवैधानिक समितिको मस्यौदामा भएका सहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ रहेका छन् ।

ती दुई प्रतिवेदनमाथि संविधानसभाको बैठकमा छलफल सुरु भएको छ ।