काठमाडौँ, १३ असार । नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनका चार जना पत्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग सचिव सूर्य थापा, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्ट, ‘सम्बोधन’ साप्ताहिकका प्रधानसम्पादक तथा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष गोकुल बाँस्कोटा र ‘बुधबार’ साप्ताहिकका सम्पादक तथा प्रकाशक एवं प्रधानमन्त्रीका पूर्व सल्लाहकार विष्णु रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको हो ।
प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार एवं प्रेस चौतारीका पूर्व सचिव समेत रहनुभएका थापालाई केन्द्रीय सदस्य बनाउन प्रेस चौतारीले विशेष प्रस्ताव नै पारित गरेको छ ।
पार्टी नेतृत्वमा गतिशील युवाको उपस्थिति बढाउन तथा युवा आवाजलाई सम्बोधन गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँहरुले बताउनुभएको छ ।
















प्रतिक्रिया