३१ आश्विन २०८३, शनिबार

६ बर्षीया बालिकाले मेटासिट खाँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_district

सोलुखुम्बु, १३ असार । सोलुुखुम्बुको लोखिममा मेटासिट सेवनबाट ६ वर्षीया बालिकाको ज्यान गएको छ ।

तरकारीबालीमा प्रयोग गर्न ल्याइएको मेटासिट सेवनबाट लोखिम–६ की प्रीति राईको ज्यान गएको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ । तरकारीबालीको कीटाणु मार्ने काममा प्रयोग गर्न ल्याइएको मेटासिट आधा प्रयोग गरे खाटमुनि राखिएको अवस्थामा ती बालिकाले झुक्किएर बिहीबार मेटासिट खाएकी उनकी बुबा नेश्वर राईले बताउनुभयो ।

बाबुले बारीमा छर्केर बाँकी रहेको विषादी राखेर खेतमा काम गर्न गएपछि बालिकाले सेवन गरेको बताइएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक बालिका जनता मावि लोखिममा कक्षा १ मा अध्ययनरत थिइन् ।