३१ आश्विन २०८३, शनिबार

एमाले स्थायी कमिटी बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, १३ असार । नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ ।

बैठकले महाधिवेशनको मूल व्यवस्थापन समितिले गरेका कामको समीक्षा गर्दै मनोनीत गरिने पाँच प्रतिशत प्रतिनिधिका बारेमा पनि छलफल गर्ने बुझिएको छ ।

निर्वाचित र स्वतः हुने प्रतिनिधिको सङ्ख्या दुई हजार १०० हुने र त्यसको पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने तयारी भएको छ । जसका कारण प्रारम्भ एक हजार ९०० प्रतिनिधि हुने भनिएकामा सो संख्या वृद्धि हुँदैछ ।

एमालेका सचिव विष्णु पौडेलले शुक्रबार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बस्ने र तयारीका कामलाई अन्तिम चरणमा लैजाने बताउनुभयो । प्रतिनिधि चयनका कार्य लगभग पूरा भइसकेकोे जानकारी उहाँले दिनुभयो ।

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक, साङ्गठनिक र विधानसम्बन्धी प्रतिवेदन तथा प्रस्तावलाई मातहतका कमिटीमा बहसका लागि पठाइसकेको छ । सचिव पौडेलले रासससँग कुरा गर्दै वैचारिक विषयमा सहमति भइसकेकाले यस पटक नेतृत्वमा कार्यकर्ताको ध्यान केन्द्रित भएको बताउनुभयो ।

एमालेको महाधिवेशन यही असार १९ देखि २५ गतेसम्म काठमाडौँमा हुँदैछ ।