२९ आश्विन २०८३, बिहिबार

रोजेको थरमा महिलालाई राहदानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport_nepalकाठमाडौं, १३ असार । विवाहित महिलाले रोजेको थरबाट राहदानी लिन पाउने भएका छन्। काठमाडौं स्कुल अफ लका तर्फबाट झापाकी उमादेवी कार्कीले दायर गरेको मुद्दामा पुनरावेदन अदालत पाटनले राहदानीमा महिलाले रोजेको थर राख्न पाउने फैसला सुनाएको छ।

न्यायाधीशद्वय डम्बरबहादुर शाही र द्वारिकामान जोशीको संयुक्त इजलासले कार्कीलाई पतिको थर राखेमात्र राहदानी दिन मिल्ने भनी जिल्ला प्रशासनले जारी गरेको निर्देशन गैरकानुनी ठहर गर्दै निवेदकले इच्छाएको थर राखेर राहदानी दिनुपर्ने फैसला गरेको हो।

अदालतले विवाह भई अर्को जिल्लामा गएका महिलाले जन्मथरका आधारमा समेत राहदानी लिन नेपालको कानुन र नेपाल पक्ष भएका सन्धि र महासन्धिले अधिकार दिएकाले सोहीअनुरुप गर्नु भनी जिल्ला प्रशासन कार्यालयका नाममा परमादेश जारी गरेको छ।

पुनरावेदनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख वसन्तराज गौतमको निर्णय उत्प्रेषण आदेशले बदर हुने निर्णयसमेत सुनाएको छ।

झापामा जन्मिएर २०६१ सालमा काठमाडौंका रामेश्वर लामिछानेसँग विवाह गरेकी कार्कीले २०७० चैत १२ गते राहदानीका लागि दिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी गौतमले विवाह भएको आधारमा बेजिल्लाबाट माइतीको थरमा नागरिकता दिन नमिल्ने लिखित जानकारी दिएका थिए।

अदालतको फैसलासँगै महिलाले विभिन्न स्थानमा हुने विज्ञापन, नागरिकता निर्माण र अन्य सरकारी कार्यमा समेत जन्मथरकै आधारमा निवेदन दिनसक्ने भएका छन्। नागरिक दैनिकबाट